रौतहटमा गोली हानी एक युवकको हत्या

रौतहट, २६ असोज । रौतहटमागोली हानी एक युवकको हत्या भएको छ ।

इशनाथ नगरपालिकामा भारतीय नम्बरको मोटरसाइकलमा बीचमा राखेर ल्याएको एक युवकलाई गोली प्रहार गरी सो मोटरसाइकल पुन भारत तर्फ फर्किएको स्थानीयले बताएका छन ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार  इशनाथ नगरपालिका वडा नं ६ घिउराबाट जयनगरतर्फ जाने बाटोमा क्रान्ति प्राथमिक विद्यालय स्कुलनजिकै एक युवकमाथि गोली प्रहार भएको हो । मृत्यु भएका युवकको पहिचान खुल्न सकेको छैन ।

भारतबाटै आएका व्यक्तिहरुले कुनै भारतीय नागरिकको हत्या गरेर फरार भएको हुन सक्ने प्रहरीको आशंका छ । मृतक युवक अन्दाजी २५ बर्षका छन् । उक्त घटनाबारे  थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ फागुन । अब प्राथमिक सेयर (आइपिओ)को नतिजा तीन वटा वेबसाइटबाट मात्रै हेर्न पाइने भएको छ ।  यसअघिसम्म विभिन्न

काठमाडौँ, १२ फागुन । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज

मोरङ, १३ फागुन  । उपभोग्य मिति पाँच वर्ष अगाडि समाप्त भएको खाद्य सामग्री रहरको दाल बिक्री गरेको आरोपमा विराटनगरका एक व्यापारीलाई

काठमाडौँ, १३ फागुन । नेपाल राष्ट्र बैंकले आज बिहिबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021