सिरहा, २६ असोज । सिरहामा एक किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले स्थानीय युवकलाई पक्राउ गरेको छ ।
शनिबार साँझ पश्चिमवर्ती कल्याणपुर नगरपालिका ८ मा आफ्नै घरमा रहेकी किशोरीलाई कोही नभएको मौका छोप्दै मो. रहिम मन्सुरीले बलात्कारको प्रयास गरेपछि चिच्याउने क्रममा स्थानीयले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गाउँलेहरुले नियन्त्रणमा लिएर मन्सुरीलाई प्रहरीमा बुझाएपछि शनिबार राती नै किशोरी र उनको स्वास्थ्य परीक्षण गरिएको छ । मन्सुरीलाई मिर्चैया प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।