झापा, २६ असोज । झापामा दमक–३ स्थित भुटानी शरणार्थी शिविरमा आगलागी भएको छ ।
आइतबार बिहान बेलडाँगी–२ स्थित बाक्लो बस्ती रहेको शिविरमा दशैँको अन्तिम दिन ग्यास चुल्होबाट निस्केको आगोले शिविरका नौ ओटा छाप्रा पूर्णरुपमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
सो आगो नगरपालिकाको बारुणयन्त्र, स्थानीयवासी र सुरक्षाकर्मीको प्रयासबाट निभाइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
उक्त आगलागीबाट एक जना शरणार्थी सामान्य घाइते भएका छन् भने क्षतिको विवरण सङ्कलन भइरहेको छ ।