धनुषा, २६ असोज । धनुषामा कुटपिटमा संलग्न ५ जनालाई पक्राउ प्रहरीले पक्राउ गरेको छ ।
आइतबार विहान विदेह नगरपालिका-५ मुडिवा बस्ने ४० वर्षीय दिनेश कुमार ठाकुरलाई कुटपिट गरी घाइते बनाएको आरोपमा सोही ठाउँ बस्ने २६ वर्षीय प्रदिप मण्डलसहित ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ ।
कुटपिटबाट घाइते भएका ठाकुरको रामजानकी अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।