तनहुँ, २६ असोज । तनहुँमा बोलेरो जीप र बस ठोक्किँदा जिप चालकको मृत्यु भएको छ ।
आइतबार बिहान म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा लु १ च ७०४१ नम्बरको जीप र विपरीत दिशाबाट आउँदै गरेको ग १ ख ४०२२ नम्बरको बस एकआपसमा ठोक्किँदा घाइते भएका २१ वर्षीय रमेश थारुको दमौलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जीपमा चालक मात्र सवार थिए भने बसमा सवार यात्रुहरु सकुशल रहेका छन् ।