चिनियाँ राष्ट्रपति सी र सभापति देउवाबीच भेटवार्ता

काठमाडौँ, २६ असोज । प्रमुख प्रतिपक्षिदल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवर्ता भएको छ ।

भेटमा देउवाले नेपाली काँग्रेस पार्टीको चीनसँगको ऐतिहासिक सम्बन्धलाई स्मरण गर्दै पार्टीले देशको बागडोर सम्हाल्दा चीन नेपाल सम्बन्धमा पुर्याएको योगदान चिनियाँ जनताले भुल्न नसक्ने बताउनुभएको छ ।

भेटमा राष्ट्रपति सीले छिमेकी मित्रकारुपमा चीन र नेपाल सँधै राम्रो दाजुभाइ र मित्र भएको बताउनुभयो । राष्ट्रपति सीले चिनियाँ कम्युनिस्ट पार्टी नेपाली काँग्रेससँग अझै राम्रो सम्बन्ध कायम गर्दै सहकार्य गर्न तयार रहेको समेत बताउनुभयो ।

देउवाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको रहेको बताउँदै नेपालमा कुनै पनि शक्तिलाई कुनै प्रकारको चीन बिरोधी गतिविधि गर्न नदिने स्पष्ट पार्नुभयो ।

चीनले अघि सारेको बेल्ट एण्ड रोड परियोजनाले यो क्षेत्रमा कनेक्टिभिटी प्रबद्र्धन हुने आशा व्यक्त गर्दै नेपाली काँग्रेस चीनको चिनियाँ कम्युनिस्ट पार्टीसँग मित्रवत अन्तक्रियाहरु विस्तार गर्न इच्छुक रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै बिहीबारदेखि एक महिने परीक्षण

काठमाडौँ, ३० माघ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) प्रथम राष्ट्रिय महाधिवेशनबाट १३ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।

काठमाडौँ, ३० माघ । नेकपा एमालेका महासचिव शंखरले सामाजिक सञ्जाल आफैमा राजमार्ग जस्तै रहेको बताएका छन् ।  आज बिहान पोखरेलले

काठमाडौँ, ३० माघ । नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकले संयुक्त कम्पनी स्थापना गरेर दोधारा (नेपाल)–बरेली (भारत) र इनरुवा (नेपाल)– पुर्णिया (भारत)