काठमाडौँ, २६ असोज । आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साढे २ घण्टा बन्द हुने छ । चिनियाँ राष्ट्रपति सी जिनपिङ स्वदेश फर्किने भएपछि विमानस्थल बन्द गर्न लागिएको हो ।
बिहान ११ बजेर २० मिनेटदेखि १ बजेर ५० मिनेटसम्म विमानस्थलबाट कुनै पनि उडान र अवतरण नहुने विमानस्थल कार्यालयले जनाएको छ । सी दिउँसो साढे १२ बजे चीन प्रस्थान गर्दै हुनुहुन्छ ।