राष्ट्रपति सी भ्रमण : भौतिक पूर्वाधार र विकास हात पार्नमा जोड

काठमाडौँ, २६ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङकोे नेपालको दुईदिने राजकीय भ्रमणलाई नेपाली पक्ष भौतिक पूर्वाधार र विकास निर्माणमा सदुपयोग गर्ने प्रयासमा छ ।२३ वर्षपछि भएको चीनको उच्चस्तरीय भ्रमणलाई नेपाल रेलमार्गदेखि सडकमार्गसम्म उपयोग गर्ने प्रयासमा छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी शनिबार साँझ काठमाडौं ओर्लिएका छन् । चिनियाँ राष्ट्रपतिको यो भ्रमण विगत २३ वर्षपछि भएको हो । यसअघि सन् १९९६ मा चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपालको राजकीय भ्रमण गरेका थिए ।सीको भ्रमणमा नेपालले थुप्रै भौतिक पूर्वाधार तथा विकास निर्माणसँग सम्बन्धित परियोजनालाई अघि सार्ने तयारी गरेको छ ।

नेपालले केही समययता निकै चर्चा र आशाको शिखरमा रहेको केरुङ–काठमाडौं रेल्वेको लगानी ढाँचाबारे छलफलको तयारी गरेको छ । चीनले सिगात्सेबाट केरुङसम्म रेलमार्ग बनाउने लक्ष्य लिएकोमा नेपालले सो रेलमार्गलाई केरुङ–काठमाडौं हुँदै पोखरासम्म जोड्न गरेको प्रस्तावमा चिनियाँ पक्ष सकारात्मक देखिएको छ ।

रेलमार्ग निर्माणको मोडालिटीको विषयमा आइतबार (आज) चिनियाँ पक्ष र नेपाल पक्षबीच छलफल भएपछि मात्र सम्झौता हुनेछ । नेपालले ८० प्रतिशतसम्म अनुदानमा रेलमार्ग निर्माणका लागि प्रस्ताव गर्ने तयारी गरेको छ । सी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच हुने वार्तामा रेलमार्गबारे छलफल हुनेछ । चीनको नेसनल रेल्वे अथोरिटीले केरुङ–काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई गत मंसिरमा बुझाएको थियो ।

गत १५–१६ चैतमा सम्पन्न लगानी सम्मेलनमा सहभागी चिनियाँ अधिकारीले रेल मार्गबारे उच्चस्तरको सहमति जरुरी रहेको बताएको थियो । चीन सरकारले लाओस, भियतनामलगायतका देशमा सञ्चालित परियोजनामा ७० प्रतिशतसम्म अनुदान दिएको छ । सोही आयोजनालाई आधार मानेर नेपाली पक्षले रेलमार्ग निर्माणमा ठूलो अनुदानको अपेक्षा राखेको छ । चीनको बीआरआई परियोजनामा समेत रेलमार्गलाई समावेश गरेको छ ।

दुई देशबीच हुने सहमतिबारे विस्तृत रूपमा सरकारी अधिकारीले नखुलाए पनि रेलमार्ग निर्माणमा केन्द्रित भई अन्य विषय समेत समेटेर सम्झौता गर्ने तयारीमा नेपाल छ । भ्रमणका क्रममा गल्छी–रसुवागढी–केरुङ ४०० केभी अन्तरदेशीय विद्युत् प्रसारण लाइनमा सम्झौता गर्ने तयारी छ । नेपाल पक्षले चीन–नेपाल जोड्ने किमाथांका, कोरला–पाल्पा र हिल्सा–सुर्खेत सडकसहित नाकाको विकास, केरुङ–काठमाडौं जोड्न छहरे–टोखा सुरुङ मार्गबारे पनि प्रस्ताव गर्ने तयारी गरेको छ । याे खबर राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ फागुन । हरिवंश आचार्य, नामै काफी छ । नाम सुन्नासाथै जो कोहीका मुहारमा हाँसो छचल्किन्छ । उनले बोल्न थाल्दा

काठमाडौँ, १० फागुन । हलिउड अभिनेत्री जेनिफर एनिस्टनले नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीको प्रशंसा गरेकी छिन् । एनिस्टनले शुक्रबार आफ्नो इस्टाग्राममा

काठमाडौँ, ९ फागुन । बलिउड अभिनेत्री करिना कपुरले दोस्रो सन्तानलाई जन्म दिएकी छन् । आज बिहान मुम्बइको ब्रिज क्यान्डी अस्पतालमा

काठमाडौँ, ९ फागुन । वरिष्ठ अभिनेता तथा क्याप्टेन बिजय लामा अभिनित ‘मान्छे’ बोलको म्युजिक भिडियो रिलीज भएको छ । जीवन शाहीको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021