राष्ट्रपति सीको प्रतिबद्धताहरु यस्ता छन्

काठमाडौँ, २६असोज । चीनका राष्ट्रपति सी जिनपिङले नेपालको ‘भूपरिवेस्टित मुलुक’ बाट ‘भूजडित’ मुलुक बन्ने सपना साकार तुल्याउन चीनले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्  ।

नेपालको दुई दिने राजकीय भ्रमणमा शानिबार आएका सीले उनको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आयोजित राजकीय भोजमा गरेका प्रतिवद्धताहरु यस्ता छन् ।

१. नेपालले अपेक्षा गरेका बहुप्रतीक्षित हिमालय सीमापार रेलमार्गसहितका योजनामा हरसम्भव साथ–सहयोग रहनेछ ।

२. बढी नाकाहरु खोलेर बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्नेछौं ।

३. केरुङ–काठमाडौँ सुरुङमार्गको परियोजनालाई अघि बढाउन हामी सक्रिय हुनेछौं ।

४. अरनिको राजमार्ग सञ्चालन सुनिश्चित बनाई विभिन्न चरणमा स्तरोन्नतिका लागि सहयोग गर्नेछौं ।

५. हाम्रो साझा हिमालय क्षेत्र रक्षा गर्न सदा तत्पर रहनेछौं ।

६. हामीले बनाएका योजना पूरा गरेरै छाडौं, चीनमा पनि यस्तै गरेका छौं ।

७. चीन र नेपालको सम्बन्धमा समस्या छैन, मित्रता मात्रै छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ फागुन । अब प्राथमिक सेयर (आइपिओ)को नतिजा तीन वटा वेबसाइटबाट मात्रै हेर्न पाइने भएको छ ।  यसअघिसम्म विभिन्न

काठमाडौँ, १२ फागुन । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज

मोरङ, १३ फागुन  । उपभोग्य मिति पाँच वर्ष अगाडि समाप्त भएको खाद्य सामग्री रहरको दाल बिक्री गरेको आरोपमा विराटनगरका एक व्यापारीलाई

काठमाडौँ, १३ फागुन । नेपाल राष्ट्र बैंकले आज बिहिबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021