रेल, सुरुङमार्ग तथा अरनीको राजमार्गको स्तरउन्नतीमा सहयोग गर्ने राष्ट्रपति सीको घोषणा

काठमाडौँ, २५ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको विकासमा चीन जहिले पनि सँगै रहेको बताउँदै हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने, सुरुङ मार्ग निर्माण तथा अरनीको राजमार्गको स्तरउन्नती गर्न सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

शनिबार नेपाल आउनुभएको उहाँले आफ्नो सम्मानमा आयोजित रात्रीभोजलाई सम्बोधन उक्त घोषणा गर्नुभएको हो । उहाँले रसुवागढी-छहरे-काठमाडौं सुरुङ मार्ग निर्माण गर्ने र अरनिको राजमार्गको स्तरोन्नती गर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, मलाई आशा छ, दुई देशबीच सुविधाजनक कनेक्टिभिटी सञ्जाल निर्माण हुनेछ ।’ नेपाल र चीनबीचको शदियौं देखीको मित्रता रहेको उल्लेख गर्दै उहाँले नेपाल र चीन बीच कुनै समस्या नभएको बताउँदै चीन र नेपालबीच मित्रतामात्र रहेको बताउनुभयो । राष्ट्रपति सीले ल्याण्डलक्ड नेपाल अब ल्याण्डलिङ्क्ड हुनेसमेत बताउनुभयो ।

उहाँले नेपालको संस्कृतिले दुई देशबीचको सम्बन्ध अझ बढि उचाईमा पर्याउने बताउँदै विश्वमा नै सवैभन्दा बढी बौंद्ध धर्म मान्ने मानिसको बसोवास भएकाले लुम्बीनिको विकासमा चीनले गर्नुपर्ने कुनै पनि सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभयो । उहाँले नेपाल सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको अभियान तथा भ्रमण वर्ष २०२० को लागि चीनले विशेष भूमिका निर्वाह गर्दै अघि बढ्ने र भ्रमण वर्षको लागि जतिसक्दो धेरै मात्रामा चीनिया पर्यटक नेपाल आउन प्रोत्साहन गर्ने प्रतिवद्धता जनाउनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताले केरुङदेखि काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको देख्न चाहेको उल्लेख गर्नुभयो । कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाली जनताको चाहना छिट्टै पूरा हुने आशासमेत व्यक्त गर्नुभयो । उहाँले नेपालमा चिनियाँ लगानीका लागिसमेत आग्रह समेत गर्नुभयो । राष्ट्रपति भण्डारीले एक चीन नीतिप्रति नेपालको प्रतिवद्धतासमेत दोहोर्‍याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा