काठमाडौँ, २५ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाली समयअनुसार ४ः१० मा नेपाल आइपुगेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सीलाई समकक्षी विद्यादेवी भण्डारीले स्वागत गरेकी छन । यस्तै सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु विमानस्थल पुगेका छन ।
राष्ट्रपति सी भारतको चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली समयाअनुसार २ः०३ मिनेटमा नेपाल प्रस्थान गरेका थिए ।