मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

पर्सा, २५ असोज । पर्सामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् ।

शुक्रबार साँझ पर्सागढी नगरपालिका-३ मा ग.७ प. ३४०३ नम्वरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको  ना.२० प. २२८७ नम्वरको मोटरसाइकल कठहरिया पुलमा ठोक्किएर दुर्घटना हुदा छप्कैयाका ३० वर्षीय अदनान सिद्धिकीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते सिद्धिकीको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते हुनेमा पर्साको सखुवाप्रसौनि गाउँपालिका २ श्रीपुर पञ्चगावाका २५ वर्षीय बृज किशोर चौधरी, श्रीपुरकै ३२ वर्षीय बिहारी दास र श्रीपुरकै ५२ वर्षीय अच्छेलाल सहनी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ फागुन । नेपाल राष्ट्र बैंकले आज शनिबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

काठमाडौँ, २१ फागुन । नगदरहित कारोबारलाई विस्तार गर्दै देशभर सहज डिजिटल कारोबारको प्रोत्साहन गर्ने उद्देश्य अनुरुप यस एन आई सी

काठमाडौँ, २१ फागुन । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन तोलामा ९ सयले

जुम्ला, २१ फागुन । जुम्लामा गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादनमा दोब्बर गिरावट आएको छ । यहाँको जुम्ली स्याउको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021