चिनियाँ राष्ट्रपतिको भ्रमण, २८ जना ‘शंकास्पद व्यक्ति’ पक्राउ

काठमाडौँ, २५ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका बेला हुनसक्ने संभावित विरोध प्रदर्शन रोक्न प्रहरीले २८ जना ‘शंकास्पद व्यक्ति’लाई पक्राउ गरेको छ ।

प्रहरीले बिहीबार साँझदेखि शनिबार मध्याह्नसम्म गरी काठमाडौँको तीनकुने, बिजुलीबजार र थापाथली क्षेत्रबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।

राष्ट्रपति सी शनिबार अपराह्न साढे ४ बजेदेखि ५ बजेको बीचमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने जनाइएको छ । सीको सवारी हुने रुटमा दिउँसो २ बजेदेखि नै पूर्ण रुपमा सवारी सञ्चालनमा रोक लगाइने जनाइएको छ।

सीको भ्रमणका बेला सुरक्षा व्यवस्थापनका लागि १५ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौं ७ वैशाख । आगामी हप्ता आयोजना गर्न लागिएको मुख्य तीन कार्यक्रमहरुमा सौर्य सिँचाइ सम्बन्धी राष्ट्रिय विज्ञान-नीतिसंवाद,  हिन्दुकुश हिमालय क्षेत्रमा

काठमाडौँ, ७ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई कारबाही गर्ने प्रक्रिया अगाडी बढाएसँगै

काठमाडौँ, ७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हमासको आक्रमणपछि इजरायलमा बेपत्ता विपिन जोशीको परिवारले भेटेर सकुशल उद्धारको पहल गरिदिन आग्रह

धनगढी, ७ वैशाख । सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन जनाएको नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापाले मुख्यमन्त्रीलाई आफ्नो समर्थन नरहेको घोषणा