राष्ट्रपति सीको नेपाल भ्रमणले देशको उचाइ बढ्ने नेतृ कोइरालाको विश्वास

काठमाडौँ, २५ असोज । नेपाली कांग्रेसकी नेतृ तथा पूर्व–उपप्रधानमन्त्री सुजाता कोइरालाले चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने नेपाल भ्रमण भव्यरुपमा सफल हुने विश्वास व्यक्त गरेकी छन ।

उनले २३ वर्षपछि चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउँदा आम नेपाली हर्षित हुनु गर्वको कुरा भएको बताउदै उनले भनिन, ‘संसारभरि नै नेपाललाई हेर्ने दृष्टिकोण बदलिन्छ । सीको नेपाल भ्रमणको ठूलो अर्थ र महत्व रहेको छ ।’

काठमाडौँमा आयोजित एक अन्तरक्रियामा नेतृ कोइरालाले चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटमा नेपालको बारेमा राम्रो कुरा भयो भने त्यसले नेपाललाई पनि ठूलो फाइदा हुने र नेपाललाई पनि सफल राष्ट्र बनाउन सक्ने विश्वास व्यक्त गरेकी छन ।

उनले भनिन, भारत र चीनबीच मित्रता भयो भने नेपाललाई पनि फाईदा हुन्छ । नेपालको उन्नति हुन्छ । र, मेरो सोचमा हामी अगाडि गयौं भने यो रिजनलाई नै फाईदा हुन्छ । एशियालाई नै फाईदा हुन्छ । त्यसैले अहिले भारतमा भैरहेको मोदी र सीको वार्ताको पनि ठूलो महत्व छ । मेरो त त्यो वार्ताको बारेमा पनि उत्सुकता छ ।’

चीनले नेपालाई संकट पर्दा सहयोग गर्दै आएको बताउदै उनले भनिन, हरेक नेपालीहरुको मुखमा अहिले दशैं छ, ठूलो चाडपर्व छ । तर, उनीहरुले अब नेपाल विकास हुन्छ भनिरहेका छन् । उनीहरु अहिले केरुङ, किमाथांका नाका, बाटो, सुरुङमार्गको कुरा गर्छन् । नेपालले अब एउटा ठूलो फड्को मार्छ । अब विकास हुन्छ । स्थायीत्व र शान्ति आउँछ भन्ने कुरा नेपालीको मनमा रैछ । यो उत्साहजनक कुरा हो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ फागुन । काठमाडौँ महानगरपालिकाले बालबालिकामा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवद्र्धन गर्न विद्यालयहरूमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्ने भएको छ

काठमाडौँ, २ फागुन । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कूल मतदाता सङ्ख्यामा महिला किन कम भए भनी निर्वाचन आयोगले अध्ययन

कैलाली, २ फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट कैलाली क्षेत्र नं. ५ का उम्मेदवार

काठमाडौँ, २ फागुन ।  नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई रु २०