ग्यास पड्किदा चार जना घाइते

महोत्तरी, २५ असोज । महोत्तरीमा ग्यास सिलिन्डर पड्किदा चार जना घाइते भएका छन् ।

शुक्रबार समाजवादी पार्टी नेपालको स्थानीय पार्टी कमिटीले गौशाला नगरपालिका वडा नम्बर ८ मा दसै, तिहार तथा छठको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा। सुरेन्द्र यादव सहभागी भएका थिए ।

सो कार्यक्रमका लागि चियालगायतका खानेकुरा पकाउने क्रममा एक्कासी ग्यास सिलिण्डर लिक भइ विस्फोट भएको थियो ।  विस्फोटमा परी सोही वडाका २७ वर्षिय ओम प्रकाश ९सरोज० यादव, २८ वर्षिय कौशल यादव, १७ वर्षिय सन्तोष पासवान र १७ वर्षिय रिकेश यादव घाइते भएका छन् ।

घाइतेहरुको जनकपुर स्थित राज्यमन्त्रीको निजी अस्पताल जानकी हेल्थ केयरमा थप उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै बिहीबारदेखि एक महिने परीक्षण

काठमाडौँ, ३० माघ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) प्रथम राष्ट्रिय महाधिवेशनबाट १३ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।

काठमाडौँ, ३० माघ । नेकपा एमालेका महासचिव शंखरले सामाजिक सञ्जाल आफैमा राजमार्ग जस्तै रहेको बताएका छन् ।  आज बिहान पोखरेलले

काठमाडौँ, ३० माघ । नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकले संयुक्त कम्पनी स्थापना गरेर दोधारा (नेपाल)–बरेली (भारत) र इनरुवा (नेपाल)– पुर्णिया (भारत)