काठमाडौँ, २५ असोज । सीता एयर ठूलो दुर्घटना हुनबाट बचेको छ ।
शनिबार ‘९ एन–आई–इ’ विमान चालक दलका होसियारीका कारण ठूलो दुर्घटना हुनबाट बचेको हो ।
आज बिहान रामेछापको मन्थलीबाट सोलुखुम्बुको लुक्ला उडेको सीता एयरको टुइनअटर विमानको पखेटामा चरा ठोक्किएपछि मन्थली विमानस्थलमै आकस्मिक अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
विमानमा रहेका १३ यात्रु र चालक दलका तीनजना सदस्य सकुशल रहेको पनि प्रहरीले जनाएको छ ।