सीता एयरको विमान दुर्घटनाबाट बच्यो

काठमाडौँ, २५ असोज । सीता एयर ठूलो दुर्घटना हुनबाट बचेको छ ।

शनिबार ‘९ एन–आई–इ’ विमान चालक दलका होसियारीका कारण ठूलो दुर्घटना हुनबाट बचेको हो ।

आज बिहान रामेछापको मन्थलीबाट सोलुखुम्बुको लुक्ला उडेको सीता एयरको टुइनअटर विमानको पखेटामा चरा ठोक्किएपछि मन्थली विमानस्थलमै आकस्मिक अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

विमानमा रहेका १३ यात्रु र चालक दलका तीनजना सदस्य सकुशल रहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ मंसिर । झापाको मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा अलैँची निर्यात १०९ दशमलव

काठमाडौँ, १९ मंसिर । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, १९ मंसिर । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

काठमाडौँ, १९ मंसिर । आज २०८२ साल मंसिर १९ गते शुक्रबारको राशिफल ।  मेष : सञ्चित धन खर्च हुने जाेखिम छ