जीप दुर्घटना, एक जनाको मृत्यु

पाल्पा, २५ असोज । पाल्पामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ अन्य चार जना घाइते भएका छन् ।

शुक्रबार साँझ रामपुरबाट यात्रु बोकर नवलपरासीको दलदलेका लागि छुटेको ग १ ज ६५ ०५ नम्बरको जीप बुलिङटार गाउँपालिका–६ , स्थित निरन्दी खोलामा  दुर्घटना हुँदा नवलपरासी देवचुली नगरपालिका–४, बस्ने २७ वर्षीय हरि अधिकारी क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ

दुर्घटनामा परि गम्भीर घाइते भएका क्षेत्रीको उपचारको क्रममा पोखरामा रहेको मणिपाल शिक्षण अस्पतालमा शुक्रबार राति मृत्यु भएको हो ।

दुर्घटनामा परि देवचुली–१०, बस्ने २७ वर्षीय आशीश खनाल,१९ वर्षीय सूचना पाण्डे, देवचुली–१, बस्ने ३० वर्षीय पवन तिवारी र  २४ वर्षीय संगिता पोख्रेल घाइते भएका छन  ।  घाइते चारै जनाको नारायणी सामुदायिक अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कञ्चनपुर, १३ फागुन । कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ भगतपुरमा डेरा गरी बस्ने एक विद्यार्थीको आज छतबाट लडेर मृत्यु भएको छ ।  मृत्यु

वीरगञ्ज, १३ फागुन । स्रोत नखुलेको २५ लाख ३५ हजार रुपैयाँसहित दुईजना भारतीय नागरिकलाई बाराबाट प्रहरीले पक्राउ गरेको छ ।

सिरहा, १३ फागुन । सिरहाको मिर्चैया नगरपालिका– ७ स्थित सामुदायिक वन क्षेत्रमा आज बिहान सडेको अवस्थामा एक महिलाको शव फेला

मकवानपुर, १३ फागुन । मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ नवलपुरमा ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु भएको छ । आज बिहान ना

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021