उदयपुर, २५ असोज । उदयपुरमा धारिलो हतियार प्रहार गरी आमा छोरीको हत्या भएको छ ।
गएराति त्रियुगा नगरपालिका–९ चौकीबारीमा ३० वर्षीया सारदाकुमारी चौधरी र छोरी ९ वर्षीय रचना चौधरीको हत्या भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रहरीका अनुसार अनुसार घरमा एक्लै रहेको समयमा आमाछोरीको धारिलो हतियार प्रयोग गरी हत्या भएको र उनीहरुको शव भर्याङमुनि भेटिएको छ ।
मृतक सारदाका श्रीमान वैदेशिक रोजगारीमा गएका छन् । उक्त घटनाबारे अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।