राष्ट्रपति सी आउँदा र जाँदा विमानस्थल बन्द (सूचना सहित)

काठमाडौँ, २५ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङ आउने र जाने समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तथा अवतरण रोकिने भएको छ ।

उडान तथा अवतरण रोकिँदा विभिन्न विमान कम्पनीको तोकिएको उडान तालिका पछाडि सारिएको छ । भीभीआईपी मुभमेन्टका लागि आज र भोलि विमान अवतरण तथा उडान केही समयका लागि शनिबार अपराह्न १४ः५५ देखि १७ः५५ बजेसम्म Notam जारी गरिएको छ ।

शनिबार उडान तथा अवतरण स्थगित हुँदा ३३ वटा उडान तालिका परिवर्तन हुने भएका छन् ।  त्यस्तै, चिनियाँ राष्ट्रपति फर्किने दिन आइतबार बिहान पनि विमानस्थलको अन्तर्राष्ट्रिय उडान रोकिने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार, आइतबार बिहान ११ः२० देखि १३ः५० बजेसम्म अन्तर्राष्ट्रिय उडानका विमानहरूको उडान प्रभावित हुनेछ । जसका कारण ५४ विमानको उडान प्रभावित हुने विमानस्थलले जनाएको छ ।

राष्ट्रपति सी शनिबार अपराह्न त्रिभुवन विमानस्थलमा अवतरण गरेर आइतबार बिहान स्वदेश फर्कने तालिका छ ।

सूचना 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ माघ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आदिवासी जनजाति समुदायले प्राप्त गरेको अधिकार कटौती गर्नका निम्ति संशोधन

काठमाडौँ, २४ माघ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि

काठमाडौँ, २४ माघ । राष्ट्रियसभाको आज बसेको बैठकमा दुई वटा विधेयकहरु पेस भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री

धनगढी, २४ माघ । नेकपा एमालेबाट निष्कासित भइसकेपछि मातृभूमि जागरण अभियानमा लागेका पूर्व उपप्रधानमन्त्री भीम रावलले माघ २६ गते धनगढीमा