बस र बोलेरो जीप ठोक्किँदा एक जनाको मृत्यु

नवलपरासी, २३ असोज । नवलपरासीमा बस र बोलेरो जीप एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएका छन् ।

कावासोती–१६ डण्डामा बुधबार राति ना ७ ख ५८१५ नम्बरको बस र लु २ च ६०७० नम्बरको केरा लोड भएको बोलेरो जीप एक आपसमा ठोक्किँदा बोलेरो जीप चालक नवलपरासी पश्चिम जमुनिया  घर भएका २४ वर्षीय  बलियार सुनारको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका सुनारको उपचारका क्रममा भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बोलेरोमा सवार एक जना र बसमा सवार ८ जना गरी ९ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ माघ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आदिवासी जनजाति समुदायले प्राप्त गरेको अधिकार कटौती गर्नका निम्ति संशोधन

काठमाडौँ, २४ माघ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि

काठमाडौँ, २४ माघ । राष्ट्रियसभाको आज बसेको बैठकमा दुई वटा विधेयकहरु पेस भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री

धनगढी, २४ माघ । नेकपा एमालेबाट निष्कासित भइसकेपछि मातृभूमि जागरण अभियानमा लागेका पूर्व उपप्रधानमन्त्री भीम रावलले माघ २६ गते धनगढीमा