दशैंको तेस्रो दिन : टीका लगाई आशीर्वाद लिनेक्रम जारी

काठमाडौँ, २३ असोज । बडादशैंको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट जमरा र आशीर्वाद ग्रहण गर्दै टीका लगाउनेक्रम जारी छ ।

घटस्थापनाका दिन दशैंघरमा विधिपूर्वक स्थापना गरी ९ दिनसम्म दुर्गाभवानीको पूजा–आराधना गरिएको टीका र प्रसाद अग्रजको हातबाट आशीर्वादका साथ ग्रहण गर्ने चलन छ ।

मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास छ । ठूलाले सानालाई टीका लगाइ आशीर्वाद दिने दशैंलाई आपसी सद्भाव, मित्रता र पारस्परिक विश्वासको कडीकोरुपमा लिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनिइ कर्टेभलले आज शिष्टाचार भेट गर्नुभएको छ ।

काठमाडौँ, १ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शक्तिशाली राष्ट्रहरूले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारेको आरोप

काठमाडौँ, १ फागुन । अर्थ मन्त्रालय नवनियुक्त सचिव घनश्याम उपाध्यायले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रूपमा सपथ ग्रहण गरेका

काठमाडौँ, १ फागुन । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तन पछिको उपलब्धिहरूलाई संस्थागत गर्नुपर्ने बताएका छन् ।