युवा तथा विद्यार्थीलाई खेलकुद सामाग्री हस्तान्तरण

भक्तपुर, २२ असोज । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८ र ९ का युवाहरुलाई जापानी फुटबल क्लब हार्टफुल क्लबले खेलकुद सामाग्री प्रदान गरेको छ ।

क्लबका खेलाडी र व्यवस्थापकहरुले यहाँको बोडे माध्यमिक विद्यालय र एफसी रियाले फुटबल क्लबलाई स्थलगत रुपमै भ्रमण गरी खेलकुद सामाग्री हस्तान्तरण गरेको हो ।

जापानी लिगमा उरावा रेड डायमंण्डका नामबाट सहभागी हुँदै आएको जापानी क्लबले विद्यालयमै एक कार्यक्रमको आयोजना गरेर २० थना फुटबल, १०० सेट जर्सी र १०० जोर फुटबल बुट प्रदान गरेको विद्यालयका शिक्षक निरञ्जन खड्काले बताउनुभयो । खड्काकाअनुसार जापानी क्लबले एफसी रियालेका सल्लाहकार हरिकृष्ण साहुखालको समन्वयमा खेलकुद सामाग्री प्रदान गरेको हो ।

हार्टफुल क्बलले बोडेकै एफसी रियालेलाई १०० थान फुटबल, १०० थान जर्सी र १०० सेट फुटबल बुट प्रदान गरेको हो । एफसी रियालेले बोडेका युवाहरुलाई निरन्तर तालिम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली आज अजरबैजान जाँदै हुनुहुन्छ । अजरबैजानको बाकुमा हुने असंलग्न राष्ट्रका प्रमुखहरूको १८

काठमाडौँ, ७ कार्तिक । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई पक्राउ गरेको छ । पनौती नगरपालिका–९

काठमाडौँ, ७ कार्तिक । जिउदै मान्छेलाई इट्टा भटामा पोलेको आरोपमा नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री अफताब आलम पक्राउ परेपनि अन्य

काठमाडौँ, ७ कार्तिक । तत्कालीन राजपरिवारको सम्पत्तिबाट प्राप्त आय आर्जनलाई अझैसम्म राष्ट्रहितमा खर्च गरिएको छैन । नेपाल ट्रष्ट ऐनले तत्कालीन