चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको तालिका सार्वजनिक

काठमाडौँ, २२ असोज । परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपालको राजकीय भ्रमणको तालिका सार्वजनिक भएको छ ।

परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ राष्ट्रपति २५ असोजमा काठमाडौं आउने जानकारी दिएको हो । विज्ञप्तिमा भनिएको छ, ‘नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा उहाँले २५ र २६ गते नेपाल भ्रमण गर्दै हुुनुहुन्छ ।’

राष्ट्रपति विद्यादेवि भण्डारीको निमन्त्रणामा सी दुई दिने नेपाल भ्रमणका लागि आगामी असोज २५ गते नेपाल आउन लाग्नुभएको हो । मन्त्रालयका अनुसार भ्रमणका क्रममा राष्ट्रपति सीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले राष्ट्रपति सी र चिनियाँ डेलिगेसनका लागि भोजको आयोजना पनि गर्नेछिन् ।

त्यस्तै, राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग डेलिगेसन तहको औपचारिक वार्ता गरेका छन् । वार्तापछि दुई देशबीच समझदारी पत्र र एमओयूमा हस्ताक्षर गरिनेछ । राष्ट्रपति सीले विभिन्न पार्टीका शीर्ष नेताहरुसँग पनि भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ जेठ । सरकारले लकडाउन खुकुलो पार्ने मोडालिटी दुई दिनभित्र पेश गर्न कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई

shankar-pokharel

काठमाडौँ, २२ जेठ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बजार खोल्दा काेराेनाभाइरस (कोभिड १९)को संक्रमण समुदायमा फैलिने चिन्ता व्यक्त

काठमाडौँ, २२ जेठ । लगातारको लकडाउनका कारण सर्वसाधारण समस्यामा पर्न थालेपछि सरकारले यसलाई खुकुलो बनाउने तयारी थालेको छ । सरकारले

काठमाडौँ, २१ जेठ । थप २०१ जनामा  कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २३०० पुगेको छ  । स्वास्थ्य तथा जनसंख्या