दशैंका टीकाकै दिन तीन जना मृत अवस्थामा फेला

सुनसरी, २२ असोज । सुनसरीको इटहरी–१७ मा दसैंको टिकाको दिन तीन जनाको शव फेला परेको छ ।

मंगलबार श्रीमान्, श्रीमती र छोरी मृत भेटिएका छन् । श्रीमान् झुन्डिएको अवस्थामा फेला परेका छन् भने श्रीमती र छोरीको लास बाकस र बोरामा हालिएको भेटिएको प्रहरीले जनाएको छ ।

घरमै ६ वर्षकी छोरी स्वस्तीकाको समेत लास बोरामा हालेर मुख बाँधेको अवस्थामा भेटिएको छ । लामो समयदेखि राकेश र पुनमबिच घरायसी विवाद रहँदै आएको थियो । उनीहरुको झगडा प्रहरी चौकीसम्म पुगेको थियो । मंगलबार बिहान नहुँदै श्रीमती र छोरीलाई मारेर दिउँसो राकेश झुन्डिए को हुनसक्ने अनुमान गरिएको छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ जेठ । सरकारले लकडाउन खुकुलो पार्ने मोडालिटी दुई दिनभित्र पेश गर्न कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई

shankar-pokharel

काठमाडौँ, २२ जेठ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बजार खोल्दा काेराेनाभाइरस (कोभिड १९)को संक्रमण समुदायमा फैलिने चिन्ता व्यक्त

काठमाडौँ, २२ जेठ । लगातारको लकडाउनका कारण सर्वसाधारण समस्यामा पर्न थालेपछि सरकारले यसलाई खुकुलो बनाउने तयारी थालेको छ । सरकारले

काठमाडौँ, २१ जेठ । थप २०१ जनामा  कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २३०० पुगेको छ  । स्वास्थ्य तथा जनसंख्या