अल कायदाका दक्षिण एशिया प्रमुखको मृत्यु

एजेन्सी, २२ असोज । अफिगानिस्तान गुप्तचार संस्थाले अमेरिका अफगानिस्तानको संयुक्त सैनिक कारवाहीमा अल कायदाका दक्षिण एशिया प्रमुख मृत्यु भएको जनाएको छ ।

सेप्टेम्बर २३ मा अफगानिस्तानको हेलमान प्रान्तस्थित एक घरमा गरेको कारवाहीमा असिम उमार मारिएको बताएको हो । अल कायदा र अमेरिकाले भने उमारका मृत्युको पुष्टि गरेको छैन । तर तालिवानका एक नेताले समाचार अस्वीकार गरेका छन् । ती नेताले शत्रुले अतिरञ्जनायुक्त प्रचार भन्दै अस्वीकार गरेको छ । सो आक्रमणमा सर्वसाधारण मात्रै मारिएको तालिवानले जनाएको छ ।

अफगान गुप्तचार निकायले उमारको भन्दै केही फोटो समेत सार्वजनिक गरेको छ । सो कारवाहीमा उमारसहित ६ जना अलकायदाका सदस्य मारिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली आज अजरबैजान जाँदै हुनुहुन्छ । अजरबैजानको बाकुमा हुने असंलग्न राष्ट्रका प्रमुखहरूको १८

काठमाडौँ, ७ कार्तिक । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई पक्राउ गरेको छ । पनौती नगरपालिका–९

काठमाडौँ, ७ कार्तिक । जिउदै मान्छेलाई इट्टा भटामा पोलेको आरोपमा नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री अफताब आलम पक्राउ परेपनि अन्य

काठमाडौँ, ७ कार्तिक । तत्कालीन राजपरिवारको सम्पत्तिबाट प्राप्त आय आर्जनलाई अझैसम्म राष्ट्रहितमा खर्च गरिएको छैन । नेपाल ट्रष्ट ऐनले तत्कालीन