चितवन, २२ असोज । काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गएको यात्रु बाहक चितवनमा दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् ।
मंगरबार करिब रातको १२ बजे ना ५ ख ५३४४ नम्बरको यात्रुबाहक बस भरतपुर महानगरपालिका १२ स्थित आस्थाचोकमा दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ । घाइते मध्ये ३० जनाको पुरानो मेडिकल कलेज र ८ जनाका चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।