टर्कीले फाइदा उठाउन खोजे त्यसविरुद्ध कडा कदम चालिन्छ : राष्ट्रपति ट्रम

एजेन्सी, २१ असोज । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर–पूर्वी सिरियाबाट अमेरिकी फौजलाई फिर्ता लैजाने निर्णयबाट टर्कीले फाइदा उठाउन खोजे त्यसविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएका छन् ।

सिरियामा अमेरिकाका करिब १ हजार फौज छन् । विदेश मन्त्रालयका वरिष्ठ अधिकारीका अनुसार सीमा क्षेत्रबाट दुई दर्जन फिर्ता लगिसकिएको छ । अमेरिकी सेना फिर्ता लगिने निर्णयलाई प्रमुख कुर्द समूहले ’पीठमा छुरा’ हानिएकोसँग तुलना गरेको छ ।

ट्रम्पले अङ्काराले ज्यादती गरे उसको अर्थतन्त्र सखाप पारिदिने चेतावनी दिएका छन् । टर्कीले सीमा पार सिरियाली भूभागमा रहँदै आएको कुर्द फौजमाथि हमला गर्ने योजना गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बैतडी, ७ कार्तिक । महाकाली राजमार्गअन्र्तगत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा आज बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ

पाल्पा, ७ कार्तिक । दलित व्यक्तिलाई कुटपिट गर्ने एक जना जनप्रतिनिधि पाल्पामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिनाउ गाउँपालिका–६

काठमाडौँ, ७ कार्तिक । बुध कब्जा गर्न तयार पारेको बम विस्फोट हुँदा मारिएका भनिएका व्यक्तिलाई इँटाभट्टामा लैजान प्रयोग भएको ट्र्याक्टर

काठमाडौँ, ७ कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बेथितीको चाङले भरिएको छ । मन्त्रालयका उपसचिव भबनाथ खतिवडाको कार्यकक्षमा रहेको कम्प्यूटरको