दक्षिणकाली नगरपालिकाले भव्यरुपमा मनायो संविधान दिवस

काठमाडौँ, ३ असोज । दक्षिणकाली नगरपालिकाले संविधान दिवसलाई भव्यरुपमा मनाएको छ । नेपालीको ठूलो उपलब्धी संविधान भएको महशुस गर्दै नगरपालिकाले विविध कार्यक्रम गरी संविधान दिवस मनाएको हो ।

नगरपालिकाले बिहिवार र शुक्रवार घर घरमा दिपावली गरेको र शनिवार पनि घरघरमा दीपावली गर्ने तयारी गरेको छ । नगरपालिका क्षेत्रका सबै घर घरमा राष्ट्रिय झण्डा फहराइएको, सरसफाई र स्थानीय झाँकी सहित प्रभातफेरी कार्यक्रम गरिएको नगरपालिकाका प्रमुख मोहन बस्नेतले बताउनुभयो । कार्यक्रममा सांसद राजेन्द्रकुमार केसीले नेपाली जनताको ठूलो त्याग र तपस्याबाट संविधान जारी भएकाले तीनै तहका सरकारले संविधान कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले संघीयता संविधानको सबै भन्दा महत्वपूर्ण उपलब्धी भएको स्मरण गर्दै अब यसलाई सफल कार्यान्वयन गर्नुको विकल्प नभएको स्पष्ट गर्नुभयो ।

नगर प्रमुख बस्नेतले संविधान कार्यान्वयन गर्ने जिम्मेवारी सबैको भएकाले यसलाई सफल कार्यान्वयन गरी जनताका आशा र अपेक्षा पूरा गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

संविधन दिवसको अभियानमा जनप्रतिनिधि र कर्मचारीले संयुक्तरुपमा बजार, चोक, वडा कार्यालय, मन्दिर गुम्बा, पर्यटकीय स्थलमा सरसफाइ कार्यक्रम गरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत घनश्याम न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार संविधान दिवसका बारेमा माइकिङ गरी जनचेतना जागरित गरिएको र कार्यक्रममा हजारौं सर्वसाधारण स्वतस्फुर्त रुपमा सहभागि भएका थिए । यस्तै नगरपालिकाले शनिवार नगरपालिका क्षेत्रमा बृक्षारोपण गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बैतडी, ७ कार्तिक । महाकाली राजमार्गअन्र्तगत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा आज बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ

पाल्पा, ७ कार्तिक । दलित व्यक्तिलाई कुटपिट गर्ने एक जना जनप्रतिनिधि पाल्पामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिनाउ गाउँपालिका–६

काठमाडौँ, ७ कार्तिक । बुध कब्जा गर्न तयार पारेको बम विस्फोट हुँदा मारिएका भनिएका व्यक्तिलाई इँटाभट्टामा लैजान प्रयोग भएको ट्र्याक्टर

काठमाडौँ, ७ कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बेथितीको चाङले भरिएको छ । मन्त्रालयका उपसचिव भबनाथ खतिवडाको कार्यकक्षमा रहेको कम्प्यूटरको