नेमकिपाले संविधान दिवसकै दिन वालवालिकाको चरम दुरुपयोग गरी संविधान कै धज्जी उडायो

भक्तपुर, ३ असोज । नेपाल मजदुर किसान पार्टीको ७औं महाधिवेशनको उद्घाटन सत्रको र्यालीमा संविधानलाई धज्जी उडाउँदै वालवालिकाको प्रयोग भएको छ ।

नेमकिपाको आजदेखी शुरु भएको महाधिवेशनमा भक्तपुर जिल्लामा अध्ययनरत वालवालिकाहरुलाई विद्यालयको गाडी सहित विद्यालयको पोशाकमा पार्टीको झण्डा, क्याप, टिसर्ट लगाएर नारा बाजि लगाउँदै सडकमा उत्रारेका थिए ।

वालवालिकाहरुलाई कुनै पनि राजनीतिक दलको कार्यक्रमहरुमा प्रयोग गर्न नहुने, विद्यालय र बालबालिका शान्ति क्षेत्र हुन भनेर सम्पूर्ण राजनीति दलहरुले प्रतिबद्ध जनाए पनि नेमकिपाले राजनितिक दलको आचार संहिता, नेपालको संविधानमा उल्लेख भएको बालबालिका सम्बन्धि हक र बालबालिका सम्बन्धि ऐन-२०७५ को भावनालाई परिपालन नगरि बालबालिकाहरुको चरम दुरुपयोग गरि भविष्यका कर्णाधार वर्तमानका साझेदार मानिने अबोध बालबालिकाहरुलाई प्रयोग गरिएको विषयमा भक्तपुरका बालअधिकारकर्मीहरुले ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली आज अजरबैजान जाँदै हुनुहुन्छ । अजरबैजानको बाकुमा हुने असंलग्न राष्ट्रका प्रमुखहरूको १८

काठमाडौँ, ७ कार्तिक । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई पक्राउ गरेको छ । पनौती नगरपालिका–९

काठमाडौँ, ७ कार्तिक । जिउदै मान्छेलाई इट्टा भटामा पोलेको आरोपमा नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री अफताब आलम पक्राउ परेपनि अन्य

काठमाडौँ, ७ कार्तिक । तत्कालीन राजपरिवारको सम्पत्तिबाट प्राप्त आय आर्जनलाई अझैसम्म राष्ट्रहितमा खर्च गरिएको छैन । नेपाल ट्रष्ट ऐनले तत्कालीन