काठमाडौँमा तीन विदेशी एयरलाइन्सले उडान सुरू गर्ने

काठमाडौँ, ३ असोज । नेपालमा थप तीन विदेशी एयरलाइन्सले उडान गर्ने तयारी गरेका छन् ।

काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने भन्दै उनीहरूले प्रक्रिया अघि बढाएका हुन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार यसमध्ये भारतका दुई र कुवेतको एउटा एयरलाइन्स छन् ।

भारतको जेट एयरवेजले उडान बन्द गरेपछि स्पाइस जेटले पुनस्उडान सुरू गर्ने भएको छ । त्यस्तै भारतकै अर्को विस्तारा एयरलाइन्सले पनि काठमाडौं उडान सुरू गर्ने भएको छ । उडान सुरू गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिइसकेको छ ।

त्यस्तै कुवेतको जजिरा एयरवेज पनि नेपाल आउने भएको छ । अहिले नेपालमा २३ विदेशी एयरलाइन्सले उडान गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली आज अजरबैजान जाँदै हुनुहुन्छ । अजरबैजानको बाकुमा हुने असंलग्न राष्ट्रका प्रमुखहरूको १८

काठमाडौँ, ७ कार्तिक । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई पक्राउ गरेको छ । पनौती नगरपालिका–९

काठमाडौँ, ७ कार्तिक । जिउदै मान्छेलाई इट्टा भटामा पोलेको आरोपमा नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री अफताब आलम पक्राउ परेपनि अन्य

काठमाडौँ, ७ कार्तिक । तत्कालीन राजपरिवारको सम्पत्तिबाट प्राप्त आय आर्जनलाई अझैसम्म राष्ट्रहितमा खर्च गरिएको छैन । नेपाल ट्रष्ट ऐनले तत्कालीन