करेण्ट लागेर एक जनाको मृत्यु

म्याग्दी, ३ असोज । म्याग्दीमा करेण्ट लागेर एक मजदुरको मृत्यु भएको छ ।

शुक्रवार मंगला गाउँपालिका २ बाबियाचौरमा स्थानीय दिलकुमारी विकको घर निर्माणको क्रममा फलामको रड उठाउदा खुल्ला विजुलीको तारमा ठोकिँएर दोलखा जिल्ला शैलुङ गाउँपालिका ३ निवासी २६ वर्षीय पेमा तामाङको मृत्यु भएको हो ।

करेण्ट लागेर घाइते तामाङलाई उपचारका लागि बेनी अस्पताल ल्याइएको थियो । उनलाई अस्पतालले मृत घोषणा गरेको र मृतक तामाङका शव पोष्टमार्टमका लागि शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, २० जेठ । आज झापामा थप पाँचजना कोरोना संक्रमण पुष्टि भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा

पोखरा, २० जेठ । सुत्केरी भइसकेपछि उच्च रक्तचाप र प्रोटिनको कमीबाट कमजोर महिलाको हेलिकप्टरबाट उद्धार गरी पोखरा ल्याइएको छ ।

हेटौंडा, २० जेठ । मकवानपुरकाे हेटौंडास्थित चौघडा सडक खण्डमा ट्रकको ठक्करबाट एक जनाकोे मृत्यु भएको छ । कान्तिलोक पथ अन्तर्गत

भक्तपुर, २० जेठ । भक्तपुरको चाँगुनारायण नगरपालिकाकी कोराना भाइरस (कोभिड–१९) संक्रमित गर्भवती रहेको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका