बालिका बलात्कारकाे आरोपमा एक जना पक्राउ

रुकुम पश्चिम, ३ असोज । रुकुम पश्चिममा एक बालिकालाई बलात्कारको प्रयास गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सानीभेरी गाउँपालिका–१ सोताटोलका ४५ वर्षीय गंगे भन्ने गंगाराम पुनलाई भदौ २८ गते बेलुकी ७ बजे अभिभावक नभएको मौका छोपी १४  वर्षीया एक बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जबरजस्ती करणी गर्न प्रयास गरेपछि बालिका भाग्न सफल भएकी थिइन् । पुनविरुद्ध बालिकाका आफन्तले असोज १ गते प्रहरीमा उजुरी दिएका थिए ।

उजुरी दिएको २४ घण्टामै पुनलाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० जेठ । राष्ट्रियसभामा  नेपाल सरकारको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश भएको छ । राष्ट्रियसभाको आजको बैठकमा

काठमाडौँ, २० जेठ । आजको राष्ट्रिय सभा बैठक ११ बजेबाट सुरु भएको छ ।  प्रत्यक्ष प्रशारण

shankar-pokharel

काठमाडौँ, २० जेठ । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोनाको कहरु सुरु हुनुभन्दा पहिले सरकारले नियामित बजेटको कार्यक्रम

काठमाडौँ, १९ जेठ । लकडाउनका कारण घरमै रहेका विद्यार्थीलाई वैकल्पिक व्यवस्था गरी असार १ गतेदेखि पठनपाठन गराइने भएको छ । कोरोना