समृद्ध नेपाल, सुखी नेपालीको सङ्कल्प पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्मन्त्री पौडेल

हेटौडा, ३ असोज । प्रदेश नं ३ का मुख्मन्त्री डोरमणि पौडेलले प्रदेश ३ सरकार सङ्घीयता कार्यान्वयनका चुनौती पन्छाउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माणको सङ्कल्प पूरा गर्न प्रतिबद्ध रहेको बताएका छन ।

मुख्मन्त्री पौडेलले संविधान दिवसका अवसरमा एक सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति एवम् समृद्धिको शुभकामना व्यक्त गरेका छन ।

जारी शुभकामना सन्देशमा भनिएको छ, ‘सङ्घीयता हाम्रो लागि नयाँ अभ्यास हो । यस क्रममा सीमित स्रोत र साधनबीच आरम्भ भएको हाम्रो यात्रा केही अगाडि बढेको छ । वर्तमान संविधानले हाम्रो बाटो र गन्तव्य प्रस्ट पारेको छ । विकास र समृद्धि नै अहिले हाम्रो प्रमुख कार्यभार बनेको छ । प्रदेश नं ३ सरकार सङ्घीयता कार्यान्वयनका चुनौती पन्छाउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माणको सङ्कल्प पूरा गर्न प्रतिबद्ध छ । यसका लागि हामी सबैको दृढ प्रतिबद्धता, इमान्दार प्रयास र मिहिनेतको आवश्यकता छ । संविधान दिवसले हामीलाई यो लक्ष्य पूरा गर्न थप प्रेरणा दिने विश्वास छ ।’ 

आजको दिनसम्म आइपुग्दा यो देशको परिवर्तनका लागि थुप्रै योद्धाले आफ्नो अमूल्य जीवनको बलिदानी दिनुभएको छ । संविधान दिवसका अवसरमा परिवर्तनको पक्षमा भएका अनेकन आन्दोलनमा शहादत प्राप्त गर्नुभएका महान् शहीदप्रति हार्दिक श्रदासुमन व्यक्त गर्दछु । घाइते तथा अशक्त योद्धाप्रति सम्मान व्यक्त गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली आज अजरबैजान जाँदै हुनुहुन्छ । अजरबैजानको बाकुमा हुने असंलग्न राष्ट्रका प्रमुखहरूको १८

काठमाडौँ, ७ कार्तिक । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई पक्राउ गरेको छ । पनौती नगरपालिका–९

काठमाडौँ, ७ कार्तिक । जिउदै मान्छेलाई इट्टा भटामा पोलेको आरोपमा नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री अफताब आलम पक्राउ परेपनि अन्य

काठमाडौँ, ७ कार्तिक । तत्कालीन राजपरिवारको सम्पत्तिबाट प्राप्त आय आर्जनलाई अझैसम्म राष्ट्रहितमा खर्च गरिएको छैन । नेपाल ट्रष्ट ऐनले तत्कालीन