माछापुच्छ्रे बैंकमा कारोवार गर्नुहोस् : छुटैछुटको बहार लिनुहोस् !!

काठमाडौँ, १ असोज । माछापुच्छ्रे बैंकले आफ्नो ग्राहकहरुलाई लक्षित गरी विभिन्न १९ प्रकारका छुट योजनाहरु सार्वजनिक गरेको छ ।

बैंकले १९औ वार्षिकोत्सवको अवसरमा असोज महिना भरी सम्पूर्ण शाखाहरु मार्फत विभिन्न १९ प्रकारका थप सुविधाहरु प्रदान गर्न लागेको हो । असोज महिनाभर लकर सुविधा लिन चाहने ग्राहकलाई ५० प्रतिशत छुट, ५ वा ५ जना भन्दा वढिको समुहमा क्रेडिट कार्ड लिनेलाई कार्ड जारी शुल्कमा शतप्रतिशत छुट, बैंकको डलर कार्ड जारी शुल्कमा पनि ५० प्रतिशत छुट, आइएनआर/युएसडी र ट्राभल ड्राफ्ट जारी शुल्कमा ५० प्रतिशत छुट, गुड फर पेमेन्टमा ५० प्रतिशत छुट लगायतका अन्य थुपै सुविधा प्रदान गर्ने जनाइएको छ । बैंकले प्रदान गर्ने विभिन्न सुविधाहरुको भरपुर फाईदा उठाउन इच्छुक महानुभावहरुले आफ्नो नजिकको शाखामा गईमाछापुच्छ्रे महोत्सवमा सहभागी हुन सक्ने छन् ।

बैंकले ग्राहकहरुलाई असोज महिनाभर निःशुल्क डेबिट कार्ड प्रदान गर्नेछ भने डिम्याट खाता तथा मेरो सेयर खाता निशुल्क रुपमा खोलिदिनेछ । त्यस्तै माछापुच्छ्रे महोत्सव अन्र्तगत देशभरका भाटभटेनी सुपरमार्केटहरुमा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गरेर विभिन्न सामानहरु खरिद गर्दा १० प्रतिशतसम्मको क्यास व्याक अफर सुविधा ल्याएको जनाएको छ ।

हाल बैंकले १ सय ३७ वटा शाखा कार्यालय, १ सय २८ शाखा रहित बैकिङ्ग सेवा र १ सय ६० वटा एटीएममार्फत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आयरल्यान्ड ‘ए’ ले पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपाललाई जितका लागि दुई सय २३ रनको विशाल

काठमाडौँ, १५ चैत । नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने

काठमाडौँ, १४ चैत । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ, १३ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड