यसरी बन्दैछ धरहरा, कहिले हुन्छ पूरा ?

काठमाडौँ, २८ भदौ । भूकम्पले भत्काएको चार वर्षपछि गत पुसदेखि पुनर्निर्माण सुरु भएको ऐतिहासिक सम्पदा धरहराको निर्माणले गति लिएको छ । धरहरा पुनर्निर्माणअन्तर्गत धरहरा टावरको पहिलो बेसमेन्टको क्रंक्रिटिङ गर्ने कार्य पूरा भएको छ ।

अहिले बिम स्लाब उठाउने कार्य सुरु गरिएको छ । निर्माण कम्पनी जीआईईटीसी–रमन जेभीकाअनुसार पुनर्निर्माणको समग्रमा २६ प्रतिशत कार्य सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यालय सिंहदरबारमा बिहीबार धरहरा पुनर्निर्माण प्रगति समीक्षा गरिएको थियो ।

सो क्रममा जीआईईटीसी–रमन जेभीका कन्ट्र्याक्टर रेप्रिजेन्टेटिभ रमन महतोले समग्रमा २६ प्रतिशत प्रगति हासिल भएको जनाए । उनका अनुसार निर्माणस्थलका हिसाबले भने ६७.५ प्रतिशत प्रगति भएको छ ।

धराहरा पुनर्निर्माणअन्तर्गत सुनधाराको गोश्वारा हुलाक नै हटाएर काम अघि बढिरहेको छ । गोश्वारा हुलाक रहेका भवनहरू भत्काई त्यहाँ बेसमेन्ट बनाउनका लागि पूर्वपट्टि प्रोटेक्सन पाइलहरू हाल्ने काम भइरहेको निर्माण कम्पनीले जनाएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विभिन्न खण्डका कार्यहरू समानान्तर रूपमा अघि बढाएर तोकिएको समयमै पुनर्निर्माण सम्पन्न गर्नुपर्ने बताए । ‘गुणस्तर कायम राख्न कुनै कसर बाँकी राख्न भएन, तोकिएकै समयमा काम सम्पन्न हुनुपर्दछ,’ उनले भने । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मकवानपुर, ३ असोज । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय परिषद मकवानपुरको अधिवेशनले सर्वसहमत रुपमा नयाँ कार्यसमिति चयन गरेको

भक्तपुर, ३ असोज । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित गुण्डूमा माता पाथिभरा वैष्णोदेवीको मन्दिर निर्माण हुने भएको छ

कैलाली, ३ असोज । कैलालीमा प्रतिबन्धित औषधि बिक्री गर्ने एक जना क्लिनिक सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार लम्कीचुहा नगरपालिका-४

महोत्तरी, ३ असोज । महोत्तरीमा जिपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो बर्दिवास ३ गौरीडाँडामा ज १