भोलि सार्वजनिक बिदा

काठमाडौँ, २६ भदौ । सरकारले भोली शुक्रवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

काठमाडौँ उपत्यकामा शुक्रबार इन्द्रजात्रामा सार्वजनिक बिदा दिइएको हो । काठमाडौँ उपत्यकामा इन्द्रजात्राको पहिल्यैदेखि सार्वजनिक बिदा हुने गरेको छ । सरकारले अन्य चाडमा सार्वजनिक बिदा कटौती गरे पनि इन्द्रजात्रामा भने बिदा कायम गरेको छ ।

इन्द्रजात्राको अवसरमा हनुमानढोका दरबारक्षेत्रको प्राङ्गणमा गणेश, कुमारी तथा भैरवको रथ निकाली दर्शनपूजन गर्ने गरिन्छ । यस दिन राष्ट्रपति, प्रधानमन्त्रीलगायत राज्यका विशिष्ट पदाधिकारी तथा कूटनीतिक नियोगका प्रतिनिधिले हनुमानढोका गई इन्द्रजात्राको अवलोकन गर्नुका साथै गणेश, कुमारी भैरवको दर्शन पूजा गरी प्रसाद ग्रहण गर्ने चलन छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

जेनेभा, १५ चैत । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज, अनुगमन र मूल्याङ्कनका लागि नयाँ

इलिनोइस, १५ चैत । अमेरिकाको इलिनोइस राज्यमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा ४ जनाको मृत्यु भएको छ भने कम्तीमा ५ जना

काठमाडौँ, १५ चैत । विश्वभरका परिवारले हरेक दिन एक अर्ब डलर अर्थात १ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको खाना खेर फाल्ने

एजेन्सी, १४ चैत । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा (केपी) प्रान्तमा मंगलबार भएको हमलामा पाँच चिनियाँ नागरिक र एक पाकिस्तानीको मृत्यु