विराटनगरमा डेंगुबाट एक जनाको मृत्यु

विराटनगर, २६ भदौ । डेंगुका कारण विराटनगरमा एकजनाको मृत्यु भएको छ ।

मंगलबार गोल्डेन अस्पताल विराटनगरमा भर्ना भएका विराटनगर–१० का १८ वर्षीय अभिनाश शर्माको बुधबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।

अविनाशलाई भदौ २० गते सामान्य ज्वरो आएपछि उपचारका लागि नजिकैको सप्तकोसी नर्सिङ होममा लगिएको थियो । स्वास्थ्य परीक्षण गराउँदा उनमा डेंगुको संक्रमण रहेको रिपोर्ट अस्पतालले दिएको थियो । त्यसपछि आरामका लागि घरैमा बसेका शर्मालाई ज्योरोले च्यापेपछि गोल्डेन अस्पतालमा भर्ना गरिएको थियो ।

गत जेठदेखि मोरङमा फैलिएको डेंगुका कारण १५९ जना संक्रमित छन् । प्रदेश १ मा पहिलो पटक धरानमा वैशाख ३० गते डेंगु देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, १७ फागुन । १० लाख श्रोत नखुलेको अवैध रकम सहित दुईजना भारतीय पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल

काठमाडौँ, १७ फागुन । मौसम पूर्वानुमान महाशाखाले प्रादेशिक साप्ताहिक मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले शुक्रबारदेखि बिहीबारसम्म सातै वटा

रौतहट, १७ फागुन । कटहरिया नगरपालिकामा एकजनाले आफ्नै छिमेकीमाथि धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेका छन् । शुक्रबार राति

काठमाडौँ, १७ फागुन । सरकारले औपचारिक रूपमा पश्चिम सेती परियोजनाको निर्माण अझै अगाडि बढाउन सकेको छैन । हरेक निर्वाचनमा मुख्य रूपमा