महिला पत्रकारको सक्रियताले समाजमा जागरूकता बढ्यो : सभामुख महरा

काठमाडौँ, २६ भदौ । सभामुख कृष्णबहादुर महराले पत्रकारिताको माध्यमबाट परिवर्तनका लागि योगदान दिने महिला पत्रकारको सक्रियताले समाजमा जागरूकता बढेको बताउनुभएको छ ।

सञ्चारिका समुहको २३ औं वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्वोधन गर्दै उहाँले सामन्तवादमा आधारित नेपाली समाजमा महिलाले जागरणसँग अन्तरसम्वन्ध राख्ने पत्रकारिता पेशामा डटेर समाजलाई जागरूक बनाउन सफल भएको बताउनुभयो ।

समूहका अध्यक्ष नितु पण्डितको अध्यक्षतामा विहीवार राजधानीमा आयोजित समारोहमा घर परिवारको व्यवस्थापनसहित पत्रकारितामा सक्रिय पत्रकार महिलाको साहस, कामप्रतिको समर्पण देखेर समाजमा बस्ने अन्यले प्रेरणा लिन्छन् भन्नुहुदै महिलाले व्यवसायिक जीवनलगायत संस्थाको कामकाज, पेशा व्यवसाय समेतलाई मिलाएर अगाडि बढ्न सक्ने क्षमता राख्ने बताउनुभयो ।

सो अवसरमा सञ्चारिका समानता पुरस्कारबाट पत्रकार रामु सापकोटा पन्ध्रहजार रूपियाँसहित पुरस्कृत हुनुभयो । समूहले पत्रकार उमा सिंहको स्मृतिमा स्थापना गरेको उमा सिंह पत्रकार पुरस्कारबाट माधुरी महतो सातहजार रूपियाँसहित पुरस्कृत हुनुभयो ।  त्यसैगरी सञ्चारिका प्रोत्साहन सम्मानबाट पत्रकार द्वय पार्वती थापामगर र शुष्मा बराली सम्मानित हुनुभयो ।

समूहको स्थापनाका लागि समेत योगदान दिनुभएका एवं समूहका पूर्व अध्यक्षद्वय वन्दना राणा र निर्मला शर्मालाई पनि समूहले सम्मान गरेको थियो ।

समूहका अध्यक्ष नितु पण्डितले मुलुक सङ्घीयतामा गएपछि समूहका प्रादेसिक शाखा पनि सबै प्रदेशमा पु¥याउने लक्ष्यले काम गरिरहेको बताउँदै हाल सबै जिल्ला र प्रदेशमा गरी समूहमा एकहजार दुई पत्रकार महिला आवद्ध रहेको बताउनुभयो ।

पत्रकार महासङ्घका पूर्व अध्यक्ष शिव गाउँलेले पत्रकारीता पेशाको मुल मन्त्र अभिव्यक्ति स्वतन्त्रताको मुद्दा, न्युजरूममा महिला नेतृत्व वा सम्पादक तहसम्म पत्रकार महिलालाई पु¥याउन समूहले भूमिका खेल्नुपर्ने सुझावसहित शुभकामना व्यक्त गर्नुभयो ।

सञ्चारिका समूहका संस्थापक अध्यक्ष वन्दना राणाले तदर्थ समिति हुँदै स्थापना भएको समूहले २३ वर्ष हुँदा स्थापनाका बेला गरिएको सङ्घर्षको अनुभव सुनाउनुभयो । हाल समूहलगायत यसमा जोडिएर काम गर्ने सबैको सफलताको पछाडि कडा मेहनत र सबैको साथ सहयोग समेत रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष विपुल पोखरेलले अभिव्यक्ति स्वतन्त्रता नै पत्रकारिताको पहिलो सर्त हो भन्नुहुँदै सफलताको शुभकामना दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मकवानपुर, ३ असोज । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय परिषद मकवानपुरको अधिवेशनले सर्वसहमत रुपमा नयाँ कार्यसमिति चयन गरेको

भक्तपुर, ३ असोज । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित गुण्डूमा माता पाथिभरा वैष्णोदेवीको मन्दिर निर्माण हुने भएको छ

कैलाली, ३ असोज । कैलालीमा प्रतिबन्धित औषधि बिक्री गर्ने एक जना क्लिनिक सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार लम्कीचुहा नगरपालिका-४

महोत्तरी, ३ असोज । महोत्तरीमा जिपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो बर्दिवास ३ गौरीडाँडामा ज १