एपीएफ टोलीद्वारा भरुवा बन्दुक बरामद

काठमाडौँ, २५ भदौ । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका ८ बाट भाद्र २४ गते एपीएफ टोलीले एउटा भरुवा बन्दुक बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश रामनगरबाट खटिएको एपीएफ टोलीले सो ठाउँको सतखोली जंगलमा धराप थापेको अवस्थामा रहेको उक्त भरुवा बन्दुक बरामद गरेको हो ।

बरामद बन्दुक एपीएफ टोलीले आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ । यसैगरी दाङ जिल्लाको राजापुर गाँउपालिका ७ बाट भाद्र २५ गते एपीएफ टोलीले एउटा भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने केप ४ वटा, खाली केप ८ वटा तथा फलामको टुक्रा २ वटा बरामद गरेको छ ।

सो ठाउँमा रहेको सुकैया जंगलमा लुकाई छिपाई राखेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सुनपत्थरीबाट खटिएको एपीएफ टोलीले उक्त भरुवा बन्दुक बरामद गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ फागुन । पैदल यात्रुलाई सडकमा बाटो काट्नका लागि असहज भएपछि सरकारले कोटेश्वर–कलंकी चक्रपथ सडक खण्डका थप ६ स्थानमा आकाशे

काठमाडौँ, १७ फागुन । सरकारले औपचारिक रूपमा पश्चिम सेती परियोजनाको निर्माण अझै अगाडि बढाउन सकेको छैन । हरेक निर्वाचनमा मुख्य रूपमा

काठमाडौँ, १६ फागुन । सगरमाथाको उचाइ नाप्ने काम ९० प्रतिशत सम्पन्न भएको भूमि, व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले जानकारी

काठमाडौँ, १६ फागुन । अमेरिकी राजदुतावासको कार्यकारी व्यवस्थापक हुँ भन्दै नक्कली परिचय पत्र देखाई ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्