५ वर्षभित्र निजगढ अन्तरर्राष्ट्रिय विमानस्थल तयार हुन्छ : मन्त्री भट्टराई

काठमाडौँ, २५ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अबको ५ वर्षभित्र कुनै पनि हालतमा निजगढ अन्तरर्राष्ट्रिय विमानस्थल तयार हुने बताएका छन ।

आज काठमाडौँमा दुई दिने लगानी पूर्वाधार सम्मेलनमा बोल्दै मन्त्री भट्टराईले निकट भविष्यमै दुई ओटा अन्तरर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन लागेको बताउदै अबको ५ वर्षभित्र निजगढ अन्तरर्राष्ट्रिय विमानस्थल तयार हुने र यसका लागि ठोस रुपमा प्रक्रिया अघि बढिसकेको बताएका हुन ।

नेपालका सबै राजनीतिक दलहरु विकासको मुद्दामा एकै ठाउँमा उभिएकाले लगानीको वातावरणमा कुनै समस्या नभएको बताउउदै उनले वैदेशिक लगानीका लागि नेपाल अहिले सबैभन्दा राम्रो र उपयुक्त गन्तव्य भएको बताए  ।

उत्तर–दक्षिण दुवै मुलुकसँग विभिन्न नाकाको स्तरोन्नति गर्ने र नयाँ नाका खोल्ने तथा पूर्व–पश्चिम जोड्ने चार ओटा राजमार्गहरुको निर्माणअघि बढाएकाले यातायात क्षेत्रमा ठूलो सुधार हुने बताए ।

आजदेखि सुरु भएको दुई दिने लगानी पूर्वाधार सम्मेलनमा लगानी बोर्डका २१ र प्रदेशस्तरका ८२ ओटा आयोजना प्रदर्शनी गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेकोे बताएका छन् । 

काठमाडौँ, ६ बैशाख । डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई बिहीबार राष्ट्रियसभा सदस्यमा

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिममा प्रदेश सरकार निर्माणबारे प्रदेश प्रमुखको भूमिकामाथि प्रश्न उठाएको छ । कांग्रेस

काठमाडौँ, ६ बैशाख । सिंहदरबारस्थित दक्षिण गेट अगाडि विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।