सरकारद्वारा मिठाई पसल अनुगमन

काठमाडौँ, २५ भदौ । सरकारले काठमाडौँमा रहेका मिठाई पसलहरुको अनुगमनको कामलाई तीव्रता दिएको छ ।

बुधबारबाट दशैं, तिहारजस्ता चाड पर्वलाई लक्षित गरेर कृषि विकास मन्त्रालयले मिठाई पसलहरुको अनुगमनको कामलाई तीव्रता दिइएको हो ।

कृषि राज्यमन्त्री रामकुमारी चौंधरी नेतृत्वको टोलीले काठमाडौँको पुरेश्वरस्थित आँगन, गुलाव र सजन गोथ मिठाई पसलको अनुगमन गरेको छ । गुणस्तरीय खाद्य बस्तुको उत्पादन र विक्री वितरणका लागि सम्बन्धित निकायलाई सचेत गराउन अनुगमन गरिएको जनाईएको छ ।

सरकारले खाद्यबस्तुको गुणस्तरीयता र स्वच्छता कायम गराउन बजार अनुगमनका लागि काठमाडौँ उपत्यकामा मात्रै दैनिक ९ वटा टोली परिचालन गर्ने दावी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मकवानपुर, ३ असोज । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय परिषद मकवानपुरको अधिवेशनले सर्वसहमत रुपमा नयाँ कार्यसमिति चयन गरेको

भक्तपुर, ३ असोज । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित गुण्डूमा माता पाथिभरा वैष्णोदेवीको मन्दिर निर्माण हुने भएको छ

कैलाली, ३ असोज । कैलालीमा प्रतिबन्धित औषधि बिक्री गर्ने एक जना क्लिनिक सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार लम्कीचुहा नगरपालिका-४

महोत्तरी, ३ असोज । महोत्तरीमा जिपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो बर्दिवास ३ गौरीडाँडामा ज १