काकाद्वारा ११ वर्षीया भतिजी बलात्कार

बागलुङ, २५ भदौ । बागलुङमा आफ्नै काकाले ११ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बालिकालाई बलात्कार गरी काठेखोला गाउँपालिका–५ का ६१ वर्षीय चन्द्रबहादुर सुनार फरार भएको र उनको खोजी भइरहेको जनाएको छ ।

बालिकालाई आर्थिक प्रलोभनमा पारी बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्गलबार बागलुङ प्रहरीमा उजुरी दर्ता गरेपछि काकाद्वारा भतिजी बलात्कार गरेको रहस्य खुलेको हो । भदौ १५ गते तीजको दिन बालिकालाई सुनारले बलात्कार गरेका थिए । घटना गाउँमै लुकाउन खोजेको भए पनि प्रहरीकै सक्रियतामा बलात्कारको घटना बाहिर  आएको हो । आर्थिक अवस्था कमजोर भएका कारणले उजुरी दिन सदरमुकाम आउन नसकेको भन्ने सूचनाको आधारमा प्रहरी पीडितकै घरमा पुगेर पीडित परिवारलाई सदरमुकाम ल्याएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ फागुन । आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य ५ सयले बढेर छापावाला सुन प्रतितोला ७६

काठमाडौँ, ४ फागुन । नेपाल राष्ट्र बैंकले आज आइतबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ ।

काठमाडौँ, ४ फागुन । भारतीय बजेटले नेपाली अर्थतन्त्रमा परेको प्रभावबारे सरकारले अध्ययन थालेको छ । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकसँग

काठमाडौँ, ३ फागुन । नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी मुद्राको विनिमयदर निम्नानुसार रहेको छ,