विज्ञान र प्रविधिको विकासबाटै मुलुकलाई समृद्ध बनाउने सरकारको संकल्प : मन्त्री बास्कोटा

काठमाडौँ, २५ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विज्ञान र प्रविधिको विकासबाटै मुलुकलाई समृद्ध बनाउने संकल्प सरकारले लिएको बताएका छन् ।

आज काठमाडौँमा ग्लोबल इन्टरप्राईज टेक्नोलोजी फोरुमले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले सरकारले सूचना तथा प्रविधिको विकासमा विशेष जोड दिएको बताएका हुन ।

मन्त्री बास्कोटाले सूचना प्रविधिको विकासका लागि सरकारले पूर्वाधार विकासको कामलाई योजनावद्ध ढंगले अघि बढाएको बताउदै विद्युतीय प्रविधिको प्रयोगबाट सरकारले स्मार्ट सिटी निर्माणको कामलाई पनि अघि बढाएको समेत बताए ।

उनले विद्युतीय प्रविधिको प्रयोगबाट सबै स्थानीय तहमा आर्थिक कारोबारको अभिलेख राख्ने प्रविधिको विकासमा पनि सरकारले आवश्यक पहल गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मकवानपुर, ३ असोज । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय परिषद मकवानपुरको अधिवेशनले सर्वसहमत रुपमा नयाँ कार्यसमिति चयन गरेको

भक्तपुर, ३ असोज । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित गुण्डूमा माता पाथिभरा वैष्णोदेवीको मन्दिर निर्माण हुने भएको छ

कैलाली, ३ असोज । कैलालीमा प्रतिबन्धित औषधि बिक्री गर्ने एक जना क्लिनिक सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार लम्कीचुहा नगरपालिका-४

महोत्तरी, ३ असोज । महोत्तरीमा जिपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो बर्दिवास ३ गौरीडाँडामा ज १