नगदसहित सुन चोरेर भाग्ने एक जना पक्राउ

सोलुखुम्बु, २५ भदौ । सोलुखुम्बुमा नगदसहित सुन चोरेर भाग्ने एक जानलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार सोलुदूधकुण्ड नगरपालिका–३ तामाखानीमा नगदसहित सुन चोरेर भाग्दै गर्दा लिखुपिके गाउँपालिका–३ का अन्दाजी २७ वर्षीय बिनोद बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार स्थानीय सावित्री राजभण्डारीको घरभित्र पसेर सुटकेसमा राखेको एक तोला सुनको सिक्री, एक तोलाको औठी, आधा तोलाको अर्को औठी र कतारी एक रियल चोरेर भाग्दै गर्दा पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका बस्नेतको साथबाट लागुऔषध गाँजासमेत बरामद भएको र उनमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

काठमाडौँ, १५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबीच

काठमाडौँ, १५ चैत । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ । आज राजदूत फेनले

काठमाडौँ, १५ चैत । बुढानीलकण्ठ स्कुलको प्रचार गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको आलोचना भएको छ ।