माइक्रो बसको ठक्करबाट मोटरसाइकल चालक घाइते

भक्तपुर, २५ भदौ । भक्तपुरमा माइक्रो बस र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक घाइते भएका छन् ।

आज बिहान सुर्यविनायकमा बा १ प ८९५ नम्बरको माइक्रो बस र बा ५६ प ९६८५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक रामेछाप घर भई हाल सिनामंगल बस्दै आएका ३२ वर्षीय सहिल राम तामाङ घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते तामाङनको डा. इवामुरा अस्पताल सल्लाघारीमा उपचार भइरहेको छ भने दुर्घटनामा संलग्न दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मकवानपुर, ३ असोज । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय परिषद मकवानपुरको अधिवेशनले सर्वसहमत रुपमा नयाँ कार्यसमिति चयन गरेको

भक्तपुर, ३ असोज । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित गुण्डूमा माता पाथिभरा वैष्णोदेवीको मन्दिर निर्माण हुने भएको छ

कैलाली, ३ असोज । कैलालीमा प्रतिबन्धित औषधि बिक्री गर्ने एक जना क्लिनिक सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार लम्कीचुहा नगरपालिका-४

महोत्तरी, ३ असोज । महोत्तरीमा जिपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो बर्दिवास ३ गौरीडाँडामा ज १