भक्तपुर युरो किड्स विद्यार्थीको स्वास्थ्यप्रति चिन्तित : विद्यालय हातामा डेंगु विरुद्धको औषधि छर्कियो

भक्तपुर, २५ भदौ । यतीखेर काठमाडौँ उपत्यकामा मात्रै हैन देशभरीनै डेंगुको महामारीले सबै पीडित र चिन्तित छन् । सरुवा रोगको उपचार गर्ने अस्पतालहरुमा विरामीको ताँती छ ।

यस्तो अवस्थामा सल्लाघारी भक्तपुरस्थित भक्तपुर युरो किड्स आफ्ना विद्यार्थीको स्वास्थ्यप्रति चिन्तित हुनु अस्वभाविक होइन । अहिलेको अवस्थामा कलिला केटाकेटीलाई डेंगु लाग्न नदिन र लागिहाल्यो भने के गर्ने भनेर अभिभावकलाई सुझाव दिँदै आएकोमा मंगलबार भने विद्यालय हातामा डेंगु विरुद्धको औषघि नै छर्केको छ ।

भक्तपुर युरो किड्स प्रालिका प्रवन्ध निर्देशक नवराज काफ्लेका अनुसार क्रुपि फाउण्डेशनको प्राविधिक सहयोगमा त्यहाँका स्वयमसेवकहरु मार्फत विद्यालय हाता र विद्यार्थी खेल्ने ठाउँमा डेंगुविरुद्धको औषधि (एन्टि डेंगु स्प्रे) छर्केको हो । यसको लागि नेपाल प्रहरीका पुर्व अतिरिक्त महानिरीक्षक (एआइजि) रणबहादुर चन्दले समन्वय गरेको बताइएको छ ।

हनुमन्ते नदी किनारमा डेंगुविरुद्धको औषधि छर्किने क्रममा हनुमन्तेमा आएका क्रुपि फाउण्डेशनका स्वयमसेवकहरुलाई अनुरोध गरेर विद्यालय परिसरमा औषधि छर्केर विद्यार्थीलाई डेंगुबाट सुरक्षित राखिएको विद्यालयकी प्रिन्सिपल ज्योति क्षेत्रीले बताइन् ।

भक्तपुर युरो किड्स प्रा.लि, अन्तराष्ट्रिय फ्रेन्चाइज शैक्षिक संस्था युरो किड्स इन्टरनेशनलबाट ‘उदाउँदो केन्द्र’ को रुपमा गतवर्ष पुरस्कृत नेपालको पहिलो विद्यालय हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ फागुन । आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य ५ सयले बढेर छापावाला सुन प्रतितोला ७६

काठमाडौँ, ४ फागुन । नेपाल राष्ट्र बैंकले आज आइतबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ ।

काठमाडौँ, ४ फागुन । भारतीय बजेटले नेपाली अर्थतन्त्रमा परेको प्रभावबारे सरकारले अध्ययन थालेको छ । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकसँग

काठमाडौँ, ३ फागुन । नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी मुद्राको विनिमयदर निम्नानुसार रहेको छ,