सेतो पुतलीदेखि सावधान !

पोखरा, २० भदौ । बेलुका राम्रैसँग सुतेका बाग्लुङ तित्याङका १२ वर्षीय सन्दीप परियारले भोलिपल्ट बिहान बेस्सरी आँखा मिच्न थाले । दाहिने आँखा मिच्दामिच्दै रातो भयो । धमिलो देख्न थाले । उनकी आमा सीता झारफुकमा लागिन् । बिसेक नभएपछि पर्सिपल्ट छोरालाई धौलागिरि अञ्चल अस्पताल पुर्‍याइन् ।

त्यहाँबाट पोखराको हिमालय आँखा अस्पताल रेफर गरियो । आँखा दुखेको ४ दिनपछि बिहीबार पोखरा आउँदा सन्दीपलाई ‘सापु’ भएको पत्ता लाग्यो । अस्पताल भर्ना भएर उपचार गरिरहेका छन् । पोखरामा भदौ १६ यता सन्दीपजस्ता सापुका ८ बिरामी भेटिएका छन् । सुरुमा आँखा रातो भएर दृष्टि गुम्नेसम्मको खतरा हुने यो रोगको स्रोत पत्ता लाग्न सकेको छैन ।

। २०३२ मा पोखराको लामाचौरमा पहिलोपटक यो रोग भेटिएको थियो । आँखा रोग विशेषज्ञ मदनप्रसाद उपाध्यायले नेपालमा पहिलोपल्ट यो रोग पत्ता लगाएका हुन् । उनैले यो रोगलाई सिजनल हाइपरसुट पन्युवाइटिस (एसएचएपीयू–सापु) नाम दिएका हुन् ।

उपाध्यायका अनुसार हालसम्म सेतो पुतली (मोथ)लाई सापुको कारकका रूपमा प्रायः जोडिने गरेको छ । सेतो पुतलीको संसर्गमा नआएका बिरामीमा पनि यो रोग देखा परेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मकवानपुर, ३ असोज । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय परिषद मकवानपुरको अधिवेशनले सर्वसहमत रुपमा नयाँ कार्यसमिति चयन गरेको

भक्तपुर, ३ असोज । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित गुण्डूमा माता पाथिभरा वैष्णोदेवीको मन्दिर निर्माण हुने भएको छ

कैलाली, ३ असोज । कैलालीमा प्रतिबन्धित औषधि बिक्री गर्ने एक जना क्लिनिक सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार लम्कीचुहा नगरपालिका-४

महोत्तरी, ३ असोज । महोत्तरीमा जिपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो बर्दिवास ३ गौरीडाँडामा ज १