वडाध्यक्षले अरूलाई ‘तपाईं’ भन्छन् तर दलित वडा सदस्यलाई ‘तिमी’

काठमाडौँ, ६ भदौ । वडाध्यक्षले अरूलाई ‘तपाईं’ तर आफूलाई ‘तिमी’ भनेर सम्बोधन गरेकामा पोखरा महानगरपालिका–१५ की वडा सदस्य मन्दिरा परियारको चित्तदुखाइ छ ।

‘निर्वाचित हुनुअघि वडाध्यक्षसँग खासै चिनजान र हेलमेल पनि थिएन,’ उनले भनिन्, ‘उहाँ अरू सबै सदस्यलाई तपाईं भन्नुहुन्छ, मलार्ई भने ‘तिमी’ भन्नुहुन्छ ।’ आफू दलित भएकैले हेपेर सम्बोधनमा विभेद गरिएको उनको बुझाइ छ ।

वडाध्यक्ष प्रकाश पौडेलले आफूहरूसँग सरसल्लाह नै नगरी काम गर्ने गरेको समेत परियारले गुनासो गरिन् । परियारका अनुसार दलित विद्यार्थीलाई पोसाक वितरण कार्यक्रमको उनी संयोजक थिइन् । वडामा १ लाख रुपैयाँबराबरको विद्यालय पोसाक बाँड्ने योजना थियो । ‘महानगरका महिला जनप्रतिनिधिको टोली ५ नम्बर प्रदेश भ्रमणमा निस्किएका बेला मलाई थाहै नदिई वडाध्यक्षले पोसाक बाँड्नुभएछ,’ उनले सुनाइन् ।

वडाध्यक्ष पौडेल भने दलित महिला जनप्रतिनिधिप्रति कुनै पूर्वाग्रह नराखेको दाबी गर्छन् । भन्छन्, ‘उहाँ आफैं जिम्मेवार हुनुहुन्छ, मैले त्यस्तो केही सोचेको छैन । सुधार गर्नुपर्ने रहेछ भने गर्छु ।’ व्यक्तिभन्दा कार्यक्रम मुख्य भएकाले परियारको अनुपस्थितिमा पोसाक वितरण गरेको उनले बताए । यो समाचार आजकोकान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ फागुन । आज सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा १५ सय रुपैयाँले बढेर छापावाला

काठमाडौँ, १२ फागुन । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५औँ वर्ष पूरा गरेको उपलक्ष्यमा ग्राहकको उच्चतम् लाभलाई मध्यनजर गरेर ‘बीओके’

काठमाडौँ, १२ फागुन । नेपालको सेयर बजार इतिहासमै नयाँ रेकर्ड कायम गर्दै आइतबार साढे तीन अर्ब रुपियाँभन्दा बढीको कारोबार भएको

काठमाडौँ, १२ फागुन । नेपाल राष्ट्र बैंकले आज सोमबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ ।