राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय विदेश मन्त्रीबीच भेटवार्ता

काठमाडौ, ५ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।

आज बिहान राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपतिसमक्ष भेटवार्ता गरेका हुन् । जयशंकरले बिहीबार बिहान राष्ट्रपति निवास शीतल निवासमा नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीसहितको टोली लिएर राष्ट्रपतिसमक्ष भेटवार्ताका लागी पुगेका थिए ।

उक्त भेटवार्तामा द्विपक्षीय हितलगायत विषयमा छलफल भएको शीतल निवासले जनाएको छ । जयशंकर नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार नेपाल आएका उनी आजै स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक