विमानस्थलका प्रहरी स्मार्ट रुपमा प्रस्तुत हुन महानिरीक्षक खनालको निर्देशन

काठमाडौँ, ३१ साउन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी कर्मचारी स्मार्ट प्रहरीको रुपमा प्रस्तुत हुनु निर्देशन दिएका छन ।

अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरको बिहीबार आकस्मिक निरीक्षणको क्रममा प्रहरी कर्मचारीहरुलाई यात्रुहरुसँग अझै सभ्य, शिष्ट र यात्रुमैत्री व्यवहार गरी स्मार्ट प्रहरीको रुपमा प्रस्तुत हुनुपर्ने महानिरीक्षक खनालले बताएका छन् ।

महानिरीक्षक खनालले प्रहरी कर्मचारीहरुले व्यक्तिगत एवम् पेशागत आचरण र व्यवहारमा थप सुधार गरी आफ्नो जिम्मेवारीलाई लगनशील, निष्पक्ष र निस्वार्थ भइ बहन गर्न निर्देशन दिए ।

साथै कार्यालयमा प्रयोग भइरहेका सुरक्षा उपकरण र साधन स्रोतबारे उनले जानकारीसमेत लिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पाल्पा, २२ मंसिर । पाल्पामा टिपर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् । निस्दी गाउँपालिका-३

काठमाडौ‌ँ, २२ मंसिर । लागू औषध बनाउने रसायन सहित एक जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार लागू

बाजुरा, २२ मंसिर । बाजुरामा वनमा लागेको आगो निभाउने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । जगन्नाथ गाउँपालिका-ढाडाकोटस्थित काउचाझूलाकाचिया

इटहरी, २२ मंसिर । सुनसरीको इटहरीस्थित होटल बिग बारमा विद्युत सर्ट हुँदा आगलागी भएको छ । आइतबार बिहान इटहरी उपमहानगरपालिका-६